पूर्वमाओवादी नेताको रिटमा सर्वोच्चले दिएन आदेश

purba-maoist-5-neta
लोकपाटी न्यूज

काठमाडौं। सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निष्कासनमा परेका एमाले नेताको सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। माओवादीले सांसदबाट पदमुक्त गर्ने निर्णय कानुन सम्मत नै रहेको आदेशमा भनिएको छ।

चार जना नेताहरु एमालेको विभिन्न कमिटीमा भएकाले एमालेले जारी गरेको अन्तरपार्टी निर्देशिकामा जनाए अनुसार यस्तो निर्देशन दिइएको हो। नेकपा एमालेमा गएका चार पूर्वमाओवादी नेताले आफूहरु माओवादीमा हुँदाको सांसद् पद पुनर्बहाली गरीपाउँ भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले आदेश दिन अस्वीकार गरेको छ। लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकरले चौधरीले दायर गरेको रिटमा सुनवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अन्तरिम दिन अस्वीकार गरेका हुन्। सर्वोच्चले माओवादी केन्द्रलाई कारवाही गर्नुको कारण सोध्दै ‘कारण देखाउ’ आदेश दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्