एमाले स्थायी समिति बैठक जारी, वामदेव गौतम अनुपस्थित

फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको स्थायी समिति बैठक सुरु भएको छ। ललितपुर च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानको भवनमा जारी बैठकमा उपाध्यक्ष वामदेव गौतम अनुपस्थित छन्। गौतम यसअघि शनिवार र आइतबारको बैठकमा सहभागी थिए।

बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। पार्टीको विधान अधिवेशनको तयारी, विभागहरूलाई पूर्णता दिनेलगायतका विषय बैठकका एजेण्डा छन्।

एमालेभित्र जारी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोग गठन, केन्द्रीय विभागहरूको पूर्णता र प्रदेश कमिटीहरूको अनुमोदनलगायत बैठकका एजेण्डा छन्।

लामो समयदेखि एकताको प्रयास भइरहे पनि दुवै पक्ष निष्कर्षमा पुग्न सकेका छैनन्। ओली पक्षले एमाले विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावमा टेकेर अगाडि बढ्न आग्रह गरिरहेको छ। नेपाल पक्षले भने सम्मानजनक एकता नभएसम्म पार्टी एकता सम्भव नरहेको बताएको छ।

छुट्टै पार्टी संरचनाको अभ्यास गरिहरेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने गत फागुनदेखि नै बैठकमा सहभागी भइरहेको छैन। नेकपा नाम विवाद मुद्दामा फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्