माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

mawobadhi esthae meeting
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। सोमबार ३ बजे बोलाइएको बैठक स्थगित भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।

अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो। नेताहरूको व्यस्तताका कारण बैठक स्थगित गरिएको जनाइएको छ।

आज बस्ने भनिएको बैठकबाट माओवादीले सरकारमा जाने नेताहरूको नाम टुंग्याउने तयारी गरेको थियो। मन्त्रीका आकांक्षी धेरै हुँदा माओवादीले मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन। यसअघि माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री भइसकेका छन्।

शमाओवादीले अझै सात मन्त्रालय पाउने सम्भावना रहेको नेताहरु बताउँछन्। सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा स्थायी कमिटीलाई दिइएको छ। आइतबार पनि माओवादीको स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठकले केन्द्रीय कमिटी बैठक दश दिन पर सार्दै साउन ३० मा बोलाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्