काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज सोमबार बस्दै छ। बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।
माओवादी केन्द्रका एक नेताका अनुसार सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा बैठक केन्द्रित हुने छ। शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन्।
शर्माले अर्थ मन्त्रालय र भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्। माओवादीले अझै सात मन्त्रालय पाउने सम्भावना रहेको नेताहरु बताउँछन्।
सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा स्थायी कमिटीलाई दिइएको छ। आइतबार पनि माओवादीको स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठकले केन्द्रीय कमिटी बैठक दश दिन पर सार्दै साउन ३० मा बोलाउने निर्णय गरेको थियो।



लोकपाटी न्यूज

