वीर अस्पतालमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप

Bir-Hospital-Old-Building
लोकपाटी न्यूज

काठमाडौं। वीर अस्पतालमा स्वास्थ्यकर्मीले गरेको प्रदर्शनका क्रममा प्रहरी र स्वास्थ्यकर्मीबीच झडप हुँदा चार जना प्रदर्शनकारी घाइते भएका छन्। अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरेको हो।

घाइतेहरूको अवस्था गम्भीर नरहेको र इमर्जेन्सीमा उपचार भइरहेको आन्दोलन कमिटीका संयोजक दीपक मुडबारीले बताए।

वीर अस्पतालमा कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारी डा. गौतम नियुक्त भएको लामो समयसम्म पनि कुनै परिवर्तन नभएको भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए। मुडबारीका अनुसार प्रदर्शन चलिरहँदा डा. गौतम अस्पतालबाट बाहिरिएका थिए। प्रदर्शनकारी थप आन्दोलनको तयारी गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्