एमाले स्थायी कमिटी बैठक सुरु : को-को भए सहभागी ?

amale-sthai-samiti-baithak pic
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले) स्थायी कमिटीको बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक सुरु भएको हो।

बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने बताइएको छ। शनिबारको लागि बोलाइएको बैठक पार्टी एकताको पहलका लागि भन्दै विषयमा प्रवेश नगरी आक्ष्तबार बस्ने गरी स्थगित गरिएको थियो।

बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन्। गौतम पछिल्लो समयमा केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन्।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालीपक्षीय स्थायी कमिटी सदस्यहरु भने उपस्थित भएका छैनन्। अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक उनीहरुले बहिष्कार गर्दै आएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्