कर्णालीमा डुंगा पल्टियो, तीन जना बेपत्ता

karnali dunga pic
लोकपाटी न्यूज

सुर्खेत। कर्णाली नदिमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन्। आइतबार दिउँसो १२ बजे कैलाली मोहन्याल गाउँपालिका-३ रांगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका-४ मा जाने क्रममा डुंगा दुर्घटना भएको हो। दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन्।

मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १० दिनको छोरा बेपत्ता भएका हुन्। डुंगामा १० जना सवार थिए। उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुई जना घाइते भएका छन्। अन्य पाँच जना सकुशल छन्। घाइते हुनेमा मोहन्याल ३ की धनसरा सलामी मगर र उनकै १ महिनाको छोरा कर्ण छन्। प्रहरीका अनुसार १९ वर्षीया धनसराको अवस्था गम्भीर छ। कर्णको अवस्था सामान्य छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्