मेलम्चीमा ठूलो बाढी : रातो पुल पनि बगायो (फोटोफिचर)

pic 1
लोकपाटी न्यूज

सिन्धुपाल्चोक। मेलम्ची खोलामा फेरि बाढी आएको छ। मुहान क्षेत्र भेमाथाङको लेकाली जमिन भासिएर पानीसँगै बगेकोले शनिबार रातभर लेदो मिसिएको पानी हेलम्बुको नाकोतेमा केहीबेर थुनिएपछि ठूलो बाढी आएको स्थानीयले बताएका छन्।

2

गएको असारमा आएको बाढीले बगर बनेको मेलम्ची बजारमा बाँकी रहेका घरहरुलाई शनिबार राती आएको बाढीले क्षतिग्रस्त बनाएको हो। मेलम्ची र हेलम्बु जोड्ने चनौटेस्थित रातोपुल बगाएको छ।

rtao pul

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको बताए।

pic 1

तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको उनले जानकारी। बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ।

pic 3

तस्वीर: शालीकग्राम दुलाल

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्