रुपन्देही। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र मुख्यमन्त्री शङ्कर पोखरेलले भेटवार्ता भएको छ। प्रदेश प्रमुखका कार्यालयमा शनिबार भएको भेटवार्तामा प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले प्रदेश सरकारको गतिविधिबारे जानकारी गराएका थिए। प्रदेश प्रमुख शेरचनले शुक्रबार पदभार ग्रहण गरेका थिए।
नयाँ प्रदेश प्रमुखको स्वागतलाई भने शंकर पोखरेल नेतृत्वको सरकारले बहिष्कार गरेको थियो। मंगलबार संघीय सरकारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो। शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन्।
२०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो। केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी धर्मनाथ यादवलाई नियुक्त गरेको थियो।



लोकपाटी न्यूज

