पाँच विद्यार्थी संगठनको ज्ञापनपत्र : दार्चुला घटनाको तत्काल छानवीन गरियोस्

pic
लोकपाटी न्यूज

काठमाडौं। संयुक्त विद्यार्थी संगठनका नेताहरुले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घटनाको तत्काल छानविन गरी दोषीमाथि कारवाहीको माग गरेका छन्। सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिंदा व्यास गाउँपालिका वडा न. २ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन्।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सत्ता निकट दलका विद्यार्थी नेताहरु प्रधानमन्त्री निवास बालुवाटार गएका थिए। विद्यार्थी नेताहरुले दार्चुला घटनाको विरोध र भत्र्सना गर्दै तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनालीले जानकारी दिए।

यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपतिले विद्यार्थीमाथि प्रशासन लगाएर दमन गर्ने, धम्क्याउने गरेका छन्। उपकूलपतिको कारण परीक्षाको वातावरण विथोलिएको छ । विद्यार्थीहरुका जायज मागहरु सम्बोधन गरी परीक्षा सूचारु गर्न माग संगठले माग गरेको छ।

यसैगरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरुबाट भ्रष्टाचार, अनियमितता भएको पनि उनीहरुले प्रधानमन्त्री देउवालाई ध्यानकर्षण गरेका छन्।

प्रतिष्ठानका पदाधिकारीहरुले दादागिरी मच्याइरहेका छन्। पढाइ, विरामीको उपचारलगायत दैनिक काममा निकै बाधा उत्पन्न भएको छ। उपकूलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न पाँच बिद्यार्थी संगठनले माग गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्