काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गठन गरेको अखिल फोर्सको राष्ट्रिय भेला शनिबार बबरमहलमा सुरु हुँदैछ।
भेला वरिष्ठ नेता नेपालको प्रमुख आतिथ्यमा हुनेछ। भेलालाई नेता नेपालसहितले सम्बोधन गर्दैछन्। भेलाअघि माधव पक्षले भृकुटीमण्डपबाट बबरमहलसम्म मोटरसाइकल र्याली पनि गर्ने भएको छ।
एमालेमा विवाद बढ्दै गइरहँदा माधव पक्षले अखिल फोर्स र पिपुलस् भोलेन्टियर्सलाई सक्रिय बनाएको छ।



लोकपाटी न्यूज

