प्रहरीसँग पारसको अभद्र व्यवहार

Paras Shah01
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। हेल्मेट नलगाई मोटरसाइकलमा सवार पूर्वयुवराज पारस शाहले प्रहरीले रोक्न खोज्दा अटेरी गर्दै प्रहरीलाई नै हप्काएका छन्। शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शाहलाई प्रहरीले रोक्न खोजेको थियो।

प्रहरीले हेल्मेट नलगाएको संकेत गर्दै रोक्दा शाहले औंला ठडाउँदै अभद्र व्यवहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए।

उनका अनुसार प्रहरीले शाहलाई रोकेको थियो। शाहले धम्कीपूर्ण तरिकाले छाड्न अनुरोध गरेका थिए। उक्त अवस्थाको भिडियो पनि सार्वजनिक भएको छ। भिडियोमा शाहले छोड्न भनिरहेका छन् तर प्रहरीले उनको हात समातेको देखिन्छ। शाह प्रहरीलाई धेकेल्दै उम्कन खोजेका थिए। प्रहरीले उनलाई सम्झाइबुझाई छाडिसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्