एमालेले बोलायो स्थायी कमिटी बैठक : यस्ता छन् एजेन्डा

UML-esthae meeting
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक दिउँसो तीन बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठकमा विधान महाधिवेशन तयारी, सदस्यता नवीकरण र केन्द्रीय विभागहरूको पूर्णताबारे छलफल हुने उनले बताए।

कार्यालय सचिव तामाङका अनुसार बैठकमा माधव नेपाल समूहलाई पनि खबर गरिएको छ। तर‚ नेपाल समूह भने आज पनि बैठकमा नजाने भएको छ। नेपाल पक्षीय नेता डा. बेदुराम भुषालले कुरा नमिली बैठकमा नजाने बताए।

माधव नेपाल पक्षधरलाई सहमतिमा ल्याएर मात्रै बैठक बस्न खोजिए पनि सो समूह सहमतिमा नआएपछि बैठक डाकिएको तामाङले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्