लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त

lumbini 1
लोकपाटी न्यूज

बुटवल। लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)  का तीन जना सांसद पदमुक्त भएका छन्। प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिएका हुन्।

सांसदबाट पदमुक्त भएका तीनै जना शंकर पोखरेलको नेतृत्वमा बनेको सरकारमा सहभागी हुँदै मन्त्री बनेका थिए । उनीहरु मन्त्री बनेदेखि नै जसपा भित्रको विवाद बाहिर आएको थियो। लुम्बिनी प्रदेशमा जसपाका ६ जना सांसद रहेका छन् । जसमा एमालेको सरकारलाई समर्थन गर्दै तीन जना मन्त्री बनेका थिए भने ३ जना विपक्षी गठबन्धन दलतिर लागेका थिए ।

जसपाको उपेन्द्र यादव पक्षकै निर्णयका आधारमा १४ वैशाखमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयसँगै सुमन शर्मा रायमाझी पदमुक्त भएका थिए। तर सर्वोच्च अदालतले ३ जेठमा आफ्नो पक्षमा आदेश दिएपछि उनीहरु फेरि प्रदेशसभामा फर्किए। १८ असारमा रायमाझीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजीनामा दिएर यादव पक्षमा लागिन् । तीन जना महन्थ ठाकुर पक्षमा खुले।

jasapa-3-samsadlai-karabahi

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्