लुम्बिनीका ३ मन्त्रीको सांसद पद गुम्यो

Pradesh_5
लोकपाटी न्यूज

बुटवल। लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन्। जसपाबाट निलम्बित मन्त्रीहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे सांसद पदबाट मुक्त भएका हुन्।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रवार सूचना जारी गर्दै उनीहरू पदमुक्त भएको जानकारी गराए। उनीहरूलाई प्रदेशसभाको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जारी गरेको ह्वीप उल्लंघन गरेको आरोपमा जसपाले कारबाही गरेको थियो।

मंगलबार जसपा केन्द्रीय कार्यकारिणी समितिले उनीहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो। त्यसका आधारमा जसपा संसदीय दलले बिहीबार प्रदेश सभामा उनीहरूलाई निष्कासन गरेको पत्र दर्ता गरेको थियो।