माधव नेपाललाई भेट्न कोटेश्वर पुगे विष्णु पौडेल

bishnu-poudel
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले कोटेश्वर पुगेका छन्। नेता नेपाललाई भेट्न पौडेल कोटेश्वर पुगेका हुन्।

अहिले भेटवार्ता चलिरहेको स्रोतले जनाएको छ। बिहीबार नेता नेपाललाई संसदीय दलका उपनेता सुवास नेम्वाङले भेटेका थिए।अध्यक्ष केपी शर्मा ओली निकट नेम्वाङ र पौडेलले नेता नेपालसँग पार्टी एकताबारे छलफल गरेको बताइएको छ।

गएको २७ असारमा दशबुँदे सहमति कार्यदल मार्फत जुटे पनि एमालेको विवाद हल हुन सकेको छैन। अध्यक्ष ओलीले कार्यदल नै विघटन गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्