सरकारलाई गल्ती गर्ने छुट छैन : गगन थापा

gagan Thapa
लोकपाटी न्यूज

काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताएका छन्।

विपी कोइराला प्रतिष्ठान, खाँडादेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन्।

नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्यूज’ नपाउने उल्लेख गर्दै कहिँकतै नचुक्न पनि आग्रह गरे।

उनले केपी शर्मा ओली नेतृत्वको सरकारले गएको साढे तीन वर्षमा संविधानको आधार नै भत्काउने काम गरेको आरोप समेत लगाए। नेता थापाले वर्तमान सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्