महन्थ ठाकुरले सर्वोच्चमा दर्ता गरेको रिटमा सुनुवाइ हुँदै

High Court
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ। सुनुवाइका लागि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासमा पेशी तोकिएको छ।

साउन १० गते न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा दुवै पक्षलाई छलफलका लागि आज पेशी तोकेको थियो ।

निर्वाचन आयोगले दलको आधिकारिकताका लागि बहुमत कार्यकारिणी परीक्षण गर्नका लागि हेड काउन्ट गर्ने निर्णय विरुद्ध ठाकुरले सर्वोच्च अदालत गुहारेका थिए।

निर्वाचन आयोगले भने साउन ११ गते जसपा विवादमा फैसला गर्दै उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिइसकेको छ।