काठमाडौं। आज प्रतिनिधिसभाको बैठक बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको छ।
बिहीवार संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै सो बारेमा जानकारी गराएको हो। बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को ४१ बमोजिम सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको जानकारी दिए।




लोकपाटी न्यूज

