काठमाडौं। विराटनगर महानगरका प्रमुख भीम पराजुलीविरुद्ध विरोध प्रदर्शन भएको छ। मेयर पराजुलीले मध्यरातमा कार्यकर्तालाई घरैमा लगेर खोप लगाइदिएको विरोधमा स्थानीयले विरोध प्रदर्शन गरको हुन्।
कोरोनाविरूद्धको खोप हरेक नागरिकको नैसर्गिक हक भएको बताउँदै सर्वसाधारणले महानगर कार्यालय परिसरमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले मेयर भीम पराजुलीले महानगरबासीविरुद्ध विभेदपूर्ण काम गरेको भन्दै विरोध जनाएका छन्।
बुधबार राति कोरोनाविरूद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेका विराटनगर महानगरपालिकाका मेयर स्थानीयबाट लखेटिएका थिए। स्थानीयको विरोधपछि मेयर पराजुली दौडँदै कांग्रेस नगर उपसभापति प्रवीण जोशीको गाडी चढेर भागेको स्थानीयले बताएका छन्।



लोकपाटी न्यूज

