काठमाडौं। अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई तीन दिने स्पष्टीकरण सोधेको छ। शेयर खरीद प्रकरणमा अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको हो।
सर्वोत्तम सिमेन्टले बुक विल्डिङमार्फत् जारी गर्न लागेको प्राथमिक शेयर अर्थात् आईपीओमा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखका आफन्तको नाममा शेयर रहेको समाचार बाहिरिएपछि अर्थ मन्त्रालयले धितोपत्र बोर्डका नाममा तीन दिने स्पष्टीकरण सोधेको हो।
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले अमेरिकामा रहेकी छोरीको नाममा ११ हजार नौं सय कित्ता शेयर किनेको र नेप्सेका सीईओ चन्द्रसिंह साउदले श्रीमतीका नाममा १० हजार कित्ता शेयर खरिद गरेको समाचार आएको थियो।
नेपाली शेयर बजारको नियामक निकाय धितोपत्र बोर्ड र सञ्चालक नेप्सेका प्रमुखले नै स्वार्थ बाझिने र कानून विपरीत शेयर खरिद गरेर राखेको भन्दै चौतर्फी आलोचना भएको छ।




लोकपाटी न्यूज

