राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए शपथ

लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले उपाध्यक्ष पौडेललाई शपथ गराएका हुन्।

साउन १२ गतेको मन्त्रिपरिषदको बैठकले पौडेललाई आयोगमा नियुक्त गरेको थियो। बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको थियो।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरिसकेका डा पौडेल काठमाडौं यूनिभर्सिटीमा स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ हुन्। यसअघि डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा पौडेलले आर्थिक सल्लाहकारको रुपमा काम गरेका थिए।

अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट विद्यावारिधि गरेका पौडल पछिल्लो समय आर्थिक विषयमा नियमित विश्लेषणात्मक लेख लेख्ने गरेका छन्। चितवनका स्थायी बासिन्दा पौडेल योजना आयोका पूर्वउपाध्यक्ष वाग्लेका समकक्षी समेत हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्