काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय क्रियाशील छानबिन समितिलाई नै क्रियाशील सदस्यताको प्रतिवेदन फिर्ता गरेका छन्।
बुधबार बूढानिलकण्ठस्थित निवासमा पदाधिकारी बैठक राखेर देउवाले २४ घण्टाभित्र प्रतिवेदनलाई अझै परिस्कृत बनाउन निर्देशन दिँदै रमेश लेखक नेतृत्वको समितिमा उक्त प्रतिवेदन फिर्ता गरेका हुन्।
रमेश लेखक नेतृत्वको छानविन समितिले मंगलबार पार्टी सभापति देउवालाई बुझाएको प्रतिवेदनमा १५/१६ वटा निर्वाचन क्षेत्र नटुंगिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
प्रवक्ता शर्माका अनुसार समितिले २४ घण्टा गृहकार्य गरेपछि भोलि फेरि पार्टीको बैठकमा छलफल हुनेछ। क्रियाशील सदस्यता छानबिन नटुंगिएका कारण कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ।
साउन १२ गतेका लागि तय भएको वडा तहको अधिवेशन स्थगित भइसकेको छ भने १६ साउनमा तोकिएको ७५३ गाउँ तथा नगर अधिवेशन पनि नहुने निश्चित छ



लोकपाटी न्यूज

