काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बुधबार थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय गएका छन्।
ओलीसहित एमाले महासचिव ईश्वर पोखरेलसहित केही नेता–कार्यकर्ता पनि कार्यालय पुगेका छन्।
अब ओली आश्यकताअनुसार पार्टी कार्यालय आउने उनको सचिवालयले जनाएको छ। गएको वैशाख ९ गते एमाले कार्यालय थापाथलीमा सारिएको थियो। प्रधानमन्त्री हुँदा ओली खासै पार्टी कार्यालय गएनन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बैठकहरु राखेका थिए।



लोकपाटी न्यूज

