काठमाडौं। नेकपा माओवादीको स्थायी समिति बैठक स्थगित भएको छ। आज बुधबार बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको हो।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको बैठकमा व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।
बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति गरेको छ। प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो पेश गर्न गठबन्धनका नेताहरुलाई आग्रह गरेका थिए।



लोकपाटी न्यूज

