नेपाली काँग्रेसले बोलायो पदाधिकारी बैठक

congress_padhadikari
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा क्रियाशिल सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनबारे छलफल हुने बताइएको छ।

बैठक ११ बजेका लागि तय भएको भएपनि बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक भएका कारण सुरु हुन ढिलाइ भएको महामन्त्री पूर्णबहादुर खड्काले बताए।

समितिले बुझाएको प्रतिवेदनमा देशभरबाट ८ लाख ५४ हजार ७ सय ११ जनाले क्रियाशिल सदस्यता पाएपनि केही जिल्ला र वडामा भने विवादका कारण सदस्यता टुंगो लाग्न सकेको छैन।

समितिले बुझाएको प्रतिवेदनमा धनुषाको क्षेत्र नम्बर ४ र सर्लाहीको क्षेत्र नम्बर २ को विवाद मिल्न नसकेको उल्लेख छ। त्यस्तै बारा र सप्तरीको नयाँ सदस्यताबारे नेताहरुबाटै आवश्यक निर्णयका लागि समितिले अनुरोध गरेको छ।

यस्तै सोलुखुम्बुका ५१५ जना र बाराका १६६ जनाको विषयमा पनि सहमति जुटाउन नसकिएकोले नेतृत्वलाई जिम्मेवारी प्रदान गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्