जसपा कार्यकारिणी समितिबाट निकालिए १७ जना सदस्य

upendra baburam bhattarai
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा) कार्यकारिणी समिति अब ३४ सदस्यीय भएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समिति बैठकले ३४ सदस्यीय कार्यसमिति बनाउने निर्णय गरेको नेता महेन्द्र राययादवले जानकारी दिए।

जसपाको संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहलाई सोमबारमात्रै पार्टी विवादमा आधिकारिकता दिने निर्णय निर्वाचन आयोगले गरेको थियो। आयोगमा दर्ता ५१ सदस्यीय कार्यकारिणी समितिमा ‘हेड काउन्ट’ मा ३४ जनाले यादव समूहमा देखिएका थिए।

बाँकी १६ जना भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको पक्षमा देखिएका थिए। महतो समूहमा देखिएका १६ जनालाई कार्यकारिणी समितिबाट हटाएर ३४ सदस्यीय कार्यकारिणी समिति बनाउने निर्णय भएको राययादवले जानकारी दिए। त्यस्तै बैठकले दलको विधान पारित गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्