अर्थमन्त्री शर्मा र अमेरिकी राजदूतबीच भेटवार्ता

janardan_sharma-randy_berry
लोकपाटी न्यूज

काठमाडौं। नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन्। मंगलवार मन्त्रालयमा भएको भेटमा बेरीले आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् अर्थमन्त्री शर्माले भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोगका लागि अमेरिका सरकारलाई धन्यवाद थिए।

उनले कोभिड विरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे। मन्त्री शर्माले अमेरिकी सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरूको कार्यन्वयनमा अनुगमन गरी तदारुकता दिन सरकारले ध्यान पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरे।

राजदूत बेरीले कोभिड विरुद्धको लडाइँमा अमेरिका नेपालको साथमा रहेको बताए। उनले कोभिड विरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेतर्फ सकारात्मक रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्