यस्‍ता छन् मन्‍त्रिपरिषद्‍का ४ निर्णय

Cabinet-deuba
लोकपाटी न्यूज

काठमाडौं। सरकारले गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रमुख हेरफेर गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीबहादुर गुरुङ र लुम्विनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गरेको हो।

त्‍यस्‍तै योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल नियुक्त गरेको छ। पौडेलले यसअघि स्वर्णिम वाग्ले उपाध्यक्ष रहँदा आयोगको सदस्य भएर काम गरेका थिए। उनी अर्थतन्त्रबारे नियमित अखबारी लेखनमा समेत सक्रिय छन्।

बैठकले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको छ भने वेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्