काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गरेको छ। मंगलबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले शेरचनलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए। सत्तारुढ दलहरुबीचको भागबन्डापछि गण्डकीमा माओवादीले प्रदेश प्रमुखको सिफारिस गरेको हो।
शेरचनलाई गत वैशाख २० गते सोमबार तत्कालीन केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पदमुक्त गरेकी थिइन्। उनको ठाउँमा एमालेकफसीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो।
शेरचन मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन्। भागबन्डाअनुसार प्रदेश २ को प्रदेश प्रमुखमा जनता समाजवादी (जसपा), लुम्बिनी प्रदेशमा कांग्रेसलाई परेको छ। ती दुई पार्टीले भने प्रदेश प्रमुख टुंग्याउन बाँकी छ।



लोकपाटी न्यूज

