बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, प्रदेश प्रमुख हेरफेर गर्ने तयारी

Deuba mantri meeting
लोकपाटी न्यूज

काठमाडौं। मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो। बैठकले प्रदेश प्रमुखहरुको हेरफेरको निर्णय गर्ने बताइएको छ।

स्रोतका अनुसार यसअघि केपी ओली नेतृत्वको सरकारले हटाएका गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखहरुलाई पुन: नियुक्ति गर्न सत्ता गठबन्धनबीच सहमति भएको छ।

आजै माओवादी केन्द्रले यसअघि ओली नेतृत्वको सरकारले गण्डकी प्रदेश प्रमुखबाट हटाएका अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्