माधव नेपालविरुद्ध किन खनिइन् सांसद चौधरी ?

लोकपाटी न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) की सांसद गंगा चौधरीले एमाले वरिष्ठ नेता माधव नेपालले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा सांसद नारदमुनि रानालाई गरेको व्यवहारबारे प्रश्न उठाएकी छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद चौधरीले माधव नेपालले रानालाई बाहिर जानु भनेको घट्नाले समस्त थारु समुदायको अपमान भएको बताइन्। सम्बोधनको क्रममा चौधरीले भनिन्,‘म थारुकी छोरी, तितो छु अनि सत्यपनि छु। सभामुख महोदय, लोकतन्त्र भनेको के हो ? म लोकतन्त्रको परिभाषा खोज्दैछु। लोकतन्त्र भनेको के बोल्न नपाउने हो र ? फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ? एउटा बराबर हैसियतको सांसदलाई निस्केर जा भन्ने ? त्यहाँ त सबैको एउटै हैसियत होइन र ? अन्तर्राष्ट्रिय समितिमा अधिनायकवादी चरित्र प्रदर्शन भयो। संविधानले दिएको मौलिक हक हनन भएको छ।

वाक स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको छ। हामीले संघर्ष गरेर ल्याएको लोकतन्त्र यस्तो हुन सक्दैन। १० गते समितिभित्र भएको घट्नालाई समस्त थारु समूदायको अपमान भएको रुपमा लिन सकिन्छ। नारदमुनि रानाको मात्रै होइन, जुन दृश्य समितिभित्र देखियो, त्यो सदियौंदेखि शासकहरुले थारुमाथि शोषण गरेको झझल्को दिलायो, सभामुख महोदय, आगामी दिनमा यस्तो घट्ना नदोहोरियोस्, अब हामी थारु समूदायलाई यस्तो घट्ना स्विकार्य हुने छैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्