प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट

prachanda deuwa
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट भएको छ।
दुई जनाबीच मंगलबार बिहान भेट भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

देउवालाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। जसपाको उपेन्द्र यादव पक्षले आधिकारिता पाएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको छ। सो पार्टीले केही दिनमै सरकारमा जाने बताइसकेको छ। अहिले मन्त्रिपरिषद्मा कांग्रेस र माओवादी केन्द्रका तर्फबाट सहभागिता छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्