काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। आगामी १४ औं महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको हो। बैठक मंगलबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको छ।
बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पेस गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ गतेदेखि निर्धारण गरिएको छ। त्यसअघि साउन १२ गतेदेखि गाउँ र नगरका वडा तहको अधिवेशन गर्ने भनिए पनि हाललाई यो कार्यतालिका स्थगित गरिएको छ। आजको बैठकमा नयाँ कार्यतालिकाबारेसमेत छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले जानकारी दिए।



लोकपाटी न्यूज

