नेपाल पक्षको स्थायी समिति बैठक सकियो

madhav nepal team
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठक सकिएको छ। सोमबार बानेश्वरस्थित क्वालिटी ब्याङ्क्विटमा बसेको बैठक बिना निष्कर्ष सकिएको हो।

बैठकमा एकतालाई मजबुत बनाउने विषयमा अधिकांश नेताले धारणा राखेको भए पनि कुनै ठोस निष्कर्ष निस्किएको स्थायी समिति सदस्य रघुजी पन्तले बताए। यसअघि आइतबार बसेको बैठकमा पनि नेताहरूले पार्टी एकतामा जोड दिएका थिए।

एमालेका दुवै पक्षका सांसदहरूले एकता कार्यदल स्तरमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गरी आन्तरिक एकता कायम राख्न दबाब दिन सुरु गरेका छन्। आइतबार दुवै पक्षका गरी २७ सांसदले छलफल गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्