काठमाडौं। विवकेशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संविधानका उपलब्धि उल्टाउने प्रस्ताव अघि सारेका छन्। मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव अघि सारेका हुन्।
मिश्रले बहस र छलफलका नाममा दस्तावेज सार्वजनिक गर्दै स्थानीय तहलाई सुदृढ गर्दै संघीयता खारेजीको प्रस्ताव अघि सारेका हुन्। यस्तै, धर्मनिरपेक्षताबारे भने जनमत संग्रह गर्नुपर्ने उनको मत छ। मुलुकको राजनीतिक, आर्थिक र भू-राजनीतिक कुनै पनि दृष्टिकोणबाट धान्न नसक्ने उनको भनाइ छ।
‘धर्मनिरपेक्षताबारे जनमत संग्रह र स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजी नेपालको परिप्रेक्ष्यमा अग्रगमन हो, पश्चगमन होइन। यो मार्ग परिवर्तन हो,’ मिश्रको दस्तावेजमा उल्लेख छ। संघीयता भ्रष्टाचार र आर्थिक भारको स्रोत भएको मिश्रको दस्तावेजमा उल्लेख छ।
संघीयता राज्यका संस्थाहरूलाई क्षयीकृत गर्ने माध्यम बनेको उनको मत छ। संघीयताको पक्षधरहरूले समेत सिंहदरबारको भ्रष्टाचार गाउँ-गाउँसम्म पुर्याएको र शासकीय दृष्टिकोणबाट झन् भाँडभैलो फैलाएको उनको दस्तावेजमा उल्लेख छ।
हेर्नुस् मिश्रले अघि सारेको प्रस्ताव :
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/07/Rabindra-Mishra_marga-Chitra.pdf”]



लोकपाटी न्यूज

