जसपा विवाद : महन्तको पक्षमा १६ र बाबुराम-उपेन्द्रको पक्षमा ३५ नेता

Baburam-Upendra
लोकपाटी न्यूज

काठमाडौं। निर्वाचन आयोगले जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गराएसँगै जसपाको विवाद लगभग टुंगिएको छ।

सोमबार आयोगमा पुगेका संचारकर्मीहरुसँग नेता उपेन्द्र यादवले आफ्नो पक्षमा बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षर जुटेको बताए।

उनले महन्थ ठाकुर पक्षले आत्मालोचना गरेर आए पार्टीले बिचार गर्ने बताएका थिए। निर्वाचन आयोगमा उपस्थित भएका ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यमध्ये ३४ जनाले उपेन्द्र पक्षमा सनाखत गरेका थिए। यससँगै जसपामा ठाकुर पक्ष कमजोर देखिएको छ।

निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई समर्थन दिएका ठाकुर पक्षका कतिपय नेताहरु समेत यसबीचमा यादव समूहमा उभिएका छन्। यादव समूहले भने ओली सरकारलाई विश्वासको मत दिएको थिएन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्