काठमाडौं। निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत ‘हेड काउन्ट’ जारी छ। सनाखतमा जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुले समेत यादव पक्षलाई समर्थन गरेका छन्।
यादवको पक्षमा हस्ताक्षर गरेका नेता मनिष सुमनले आफूले पार्टी एकताको पक्षमा हस्ताक्षर गरेको बताएका छन्। उनीसँगै अर्का नेता राजकिशोर यादवले पनि हस्ताक्षर गरेका छन्।
आयोगमा उपेन्द्र यादव पक्षका कार्यकारिणी समितिका सदस्यको बहुमत देखिएपछि ठाकुर पक्षले आधिकारिता गुमाउने देखिएको छ।



लोकपाटी न्यूज

