काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन्। सोमबार बिहान नेता पौडेल प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेका हुन्।
पौडेल खुमलटारमा केहीबेर बसेर सीताको स्वास्थ्य अवस्था बुझि फर्किएको प्रचण्डको सचिवालयले जनाएको छ। उनले प्रचण्डसँग भेट गरी समसामयिक राजनीतिका विषयमा छलफल पनि गरका थिए।
तर उनी आज सीतालाई भेट्नकै लागि प्रचण्ड निवास पुगेको प्रचण्डको सचिवालयले बताएको छ। यसअघि सीताको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि खुमलटार पुगेका थिए।



लोकपाटी न्यूज

