स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठ नियुक्त

umesh_shrestha_health mantri
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ अनुसार उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ। श्रेष्ठ लिटिल एञ्जेल्स स्कुलका सञ्चालक हुन्। उनको अरू क्षेत्रमा पनि लगानी रहेको छ।

 

Umesh-Shrestha-niyukti

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्