यो प्रतिगमन सच्चिन सजिलो छैन, देश अप्ठेरो मोडमा पुग्यो : ओली

kp_oli
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राजनीति धेरै अप्ठेरो मोडमा पुगिसकेको बताएका छन्। अखिल नेपाल महिला संघको बैठकलाई आइतबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

एमालेकै नेताहरूका कारण अहिलेको अवस्था सिर्जना भएको र यसलाई सच्याउन जटिल रहेको उनले बताए। माधव नेपालको नामै नलिई पार्टीभित्रकै केही तत्त्व सरकार ढालेर प्रतिगमन गराउन सफल भएको आरोप लगाएका हुन्।

ओलीले सर्वोच्च अदालतबाट प्रधानमन्त्री नियुक्त हुने व्यवस्थालाई प्रतिगमनको संज्ञा दिएका हुन्। अध्यक्ष ओलीले माधव नेपालतर्फ संकेत गर्दै पार्टीमा अपराध कर्मको नेतृत्व गरेका नेता फर्किनेमा आशा नगरेको बताए।

‘प्रतिक्रियावादीसँग भित्री साँठगाँठ सरकार ढाल्ने र पार्टी फुटाएर सजिलो बनाइदिएको देखिरहेका छौँ। ओलीले देशको सबैभन्दा ठूलो जनसंख्या नेकपा एमालेको साथमा रहेको भन्दै वैचारिक बहसमा उत्रिन आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्