यातायात व्यवसायीले सरकारलाई बुझाए चाबी

yatayat
लोकपाटी न्यूज

काठमाडौं। यातायात व्यवसायीहरुले आफ्नो सवारीको चाबी सरकारलाई बुझाएका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघका उपमहासचिव केशव नेपालले आइतबार काठमाडौं जिल्लाका सिडिओ कालीप्रसाद पराजुलीमार्फत् चाबी सरकारलाई बुझाइएको बताए।

बिहिबार उनीहरुले माग पूरा नभएकाले चक्रपथमा सवारीको र्याली निकालेर विरोध गरेका थिए। व्यवसायीहरुले एउटै प्रदेश भित्र चल्ने गाडीहरुको भाडा समायोजन हुनुपर्ने, यातायात क्षेत्रमा रहेकालाई कोभिड–१९ विरुद्धको खोप लगाइनुपर्ने, यातायातको भाडा समायोजन गर्नुपर्ने लगायत यातायातको विमा छुट समायोजन गर्नुपर्ने, सडक कानुन लागू गर्नुपर्ने, यातायातको कागजपत्र नविकरण र जरिवाना छुट गर्नुपर्ने तथा ढुवानी यातायातको वर्तमान नीति पुनरावलोकन गर्नुपर्ने माग राखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्