जसपाको बैठक बस्दै, शीर्ष नेताले ब्रिफिङ गर्ने

Bhattarai_Yadab
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले सासद तथा कार्यकारिणी समितिको बैठक बोलाएको छ। आइतबार दिउँसो १ बजे पार्टी कार्यलय वालकुमारीमा बस्ने गरी बैठक बोलाइएको एक नेताले बताए।

निर्वाचन आयोगले कार्यकारिणी सदस्य गनेर पार्टी विवाद टुंग्याउने तयारी गरेको अवस्थामा बैठक बस्न लागेको हो। आजको बैठकमा पार्टी अध्यक्षसहित शीर्ष नेताहरुले समसामयिक राजनीति, पार्टीले लिने नीति बिचार तथा किन सरकार जान लागेकोलगायत विषयमा सासद र कार्यकारिणी समिति सदस्यलाई ब्रिफिङ गर्ने बताइएको छ।

शनिबार बसेको कार्यकारिणी समिति बैठकले सांसद र कार्यकारिणी समिति सदस्यहरूलाई संयुक्त प्रशिक्षण दिने निर्णय गरेको थियो। बैठकमा संसदीय दलले पारित गरेर पठाएको दलको विधान पारित गर्ने एजेण्डा थियो। तर दलको विधान कार्यकारिणी समिति सदस्यहरूलाई पढ्नका लागि वितरण गरिएको र पढेर भ्याएपछि उनीहरूको सुझाव समेटेर संशोधनसहित पारित गर्ने तयारी छ।

त्यस्तै, बैठकले साउन ११ गते निर्वाचन आयोगमा अनिवार्य उपस्थितिका लागि सबै कार्यकारिणी समिति सदस्यहरूलाई ह्वीप जारी गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्