काठमाडौं। गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सह–सचिव फणिन्द्रमणि पोखरेललाई दिने निर्णय भएको छ।
कारागार ब्यवस्थापन विभागका महानिर्देशक रहेका पोखरेललाई मन्त्रालयको शान्तिसुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरिएको गृहका एक उच्च अधिकारीले बताए ।
शुक्रवार मन्त्रालयले त्यसबारे निर्णय गरेको हो। सह–सचिव पोखरेलले तराईका ५ र पहाडी क्षेत्रका दुईवटा जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन्।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले कोशी बाढी पीडितको राहतमा पनि सक्रिय भइ काम गरेका थिए। उनले गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिवको रुपमा कार्यभार समालेका थिए।



लोकपाटी न्यूज

