कार्यकारिणी सदस्य र सांसदलाई प्रशिक्षण दिने जसपाको निर्णय

Bhattarai_Yadab
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समिति सदस्य र सांसदहरूलाई प्रशिक्षण दिने भएको छ। जसपा अध्यक्ष उपेन्द्र यादव पक्षको शनिबार बसेको कार्यकारिणी समिति बैठकले भोलि आफू पक्षका सांसद र कार्यकारिणी समिति सदस्यहरूलाई प्रशिक्षण दिने निर्णय गरेको हो।

कार्यकारिणी समिति बैठकले सांसद र कार्यकारिणी समिति सदस्यहरूलाई संयुक्त प्रशिक्षण दिने नेता महेन्द्र राययादवले जानकारी दिए। ‘भोलि सांसद र कार्यकारिणी समिति सदस्यहरूलाई प्रशिक्षण दिने निर्णय भएको छ,’ राययादवले भने, ‘प्रशिक्षणको समय र स्थान भने साँझसम्म तय हुनेछ।’

बैठकमा संसदीय दलले पारित गरेर पठाएको दलको विधान पारित गर्ने एजेण्डा थियो। तर दलको विधान कार्यकारिणी समिति सदस्यहरूलाई पढ्नका लागि वितरण गरिएको र पढेर भ्याएपछि उनीहरूको सुझाव समेटेर संशोधनसहित पारित गरिने नेता राययादवले बताए।

पारित गर्नका लागि बैठकको मिति नतोकिएको उनले बताए। त्यस्तै बैठकले साउन ११ गते निर्वाचन आयोगमा अनिवार्य उपस्थितिका लागि सबै कार्यकारिणी समिति सदस्यहरूलाई ह्वीप जारी गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्