काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसँग नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भेटवार्ता गरेका छन्।
शनिवार बिहान ठाकुर निवास पुगेर विप्लवले भेटवार्ता गरेका हुन्। भेटवार्तामा नेकपाका प्रवक्ता प्रकाण्ड समेत सहभागी थिए।
यसअघि विप्लवले अधिकांश राजनीतिक दलका नेतृत्वसँग भेटवार्ता गरिसकेका छन्। विप्लवले शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापालाई भेटेका थिए ।



लोकपाटी न्यूज

