संविधान बचाएर ठूलै लडाइँ जितियो, अझै चुनौती बाँकी छ : प्रचण्ड

Prachanda New photo
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन टुटाउन प्रतिक्रियावादी शक्तिहरू लागि परेको आरोप लगाएका छन्।

शनिबार नरबहादुर कर्मचार्यको आठौं स्मृति दिवसका अवसरमा काठमाडौमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन टुटाउन कमजोरीमा खेल्न खोजिरहेको दाबी गरे।

उनले गठबन्धन टुटाउन प्रतिक्रियावादीहरू लागि परेकाले गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेका साथीहरू ढलेको टिप्पणी गरे।

संविधान बचाएर ठूलै लडाइँ जितिएको भन्दै प्रचण्डले अझै चुनौती बाँकी रहेको बताए। प्रचण्डले केपी शर्मा ओली अहिले विक्षिप्त रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्