आजको मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना

mausam water
लोकपाटी न्यूज

काठमाडौं। आज देशभर केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने र बागमती प्रदेशको एकरदुई स्थानमा भारी बर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदि नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाले आज देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ।

भने, आज बागमती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, आज राति देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्