झापा आन्दोलनका अगुवा भन्छन् : केपी ओलीले कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुर्‍याए

Mohan-chandra-adhilar_radhakrihsna-mainali
लोकपाटी न्यूज

काठमाडौं। कम्युनिष्ट आन्दोलनका दुई अगुवा मोहनचन्द्र अधिकारी र राधाकृष्ण मैनालीबीच भेटवार्ता भएको छ। मैनालीले अधिकारीलाई भेट्न शुक्रबार उनको निवासमा पुगेका थिए।

मैनालीका अनुसार अधिकारीले आत्मसंस्मरण लेख्न सुरु गरेका र त्यसको लागि सम्झना साटासाट गर्न पारिवारिक भेटघाट गरिएको हो। ‘उहाँले एउटा मेमोरी लेख्दै हुनुहुँदो रहेछ। भेटमा हामीले उक्त पुस्तकका लागि सम्झना साटासाट गर्‍यौं,’ मैनालीले भने।

अधिकारीले सम्झिएका कतिपय विषय आफूले बिर्सिएको र आफूले सम्झिएका कतिपय विषय अधिकारीले सम्झिएको उनले सुनाए। मैनालीका अनुसार पछिल्ला राजनीतिक घटनाक्रमको पनि समीक्षा गरिएको थियो। ‘ओलीजीले कम्युनिष्ट आन्दोलन र नेकपालाई ठूलो नोक्सानी पुर्‍याउनुभयो भन्ने निष्कर्षमा उहाँ पनि पुग्नुभएको रहेछ,’ उनले भने, ‘म पनि त्यही निष्कर्षमा पुगेको थिएँ।’

मैनालीले अघि भने, ‘ओलीले कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको क्षतिको कसरी क्षतिपूर्ति होला र ? यही साझा चिन्ता हामीले भेटमा व्यक्त गर्‍यौं।’ –अनलाइनखबरबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्