एक नेताको अहंकारका कारण व्यवस्था झण्डै गुमेको : अष्टलक्ष्मी शाक्य

लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले घमण्डले कम्युनिष्ट आन्दोलन कमजोर भएको बताएकी छन्।तुलशीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार आयोजित पुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।

बाँदरको मुकुटो लगाएर किन सडकमा पठाइयो? उनले ओली पक्षीय युवा संघ नेपालले आयोजना गरेको सडक प्रदर्शनमाथि प्रश्न उठाइन्, युवा अध्यनशील थिए तर सडकमा बादर बनाएर किन पठाइयो ?

उनले यस्ता गतिविधिको पार्टीले समीक्षा गर्नुपर्ने बताइन्। उनले भ्रष्टाचार निर्मुल गर्छौ कि गर्दैनौं त्यसलाई विषय बनाउने कि नबनाउने भन्दै प्रश्न समेत गरिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्